Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि स्थगित

  बजेटसँग सम्बन्धित दुई विधेयक पास
  • शुक्रवार, आश्विन ८ २०७८

  • 561
    SHARES

  • राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि स्थगित

    काठमाडौँ । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज विहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सदस्यहरुले बिरोध जारी राखेका थिए ।
    बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने बताउनुभएको थियो ।
    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताउनुभएको थियो ।
    एमालेकै अवरोधका बीच अगाडि बढाउन राम्रो नलागेको भन्दै उहाले बस्न आग्रह गर्नुभयो । तर एमाले सांसदहरु आ–आफ्नो स्थानमा उभिरहेपछि उहाले बैठक अघि बढाउनुभएको थियो । एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक पास भएका छन् ।
    बैठकमा अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । दुवै प्रस्ताव बहुमतले पास भयो ।
    दुवै विधेयकमाथि दफावार छलफलका लागि ११ गते सोमबार बैठक तोकिएको छ ।


    शुक्रवार, आश्विन ८ २०७८०१:४१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij