Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्ट नेताहरु सधैँ नेतृत्वमा बस्न खोजेकाले कम्युनिष्ट आन्दोलन पतन भयो: सूर्य थापा

कम्युनिष्ट नेताहरु सधैँ नेतृत्वमा बस्न खोजेकाले कम्युनिष्ट आन्दोलन पतन भयो: सूर्य थापा

  • शुक्रवार, आश्विन ८ २०७८

  • 1.1K
    SHARES

  • कम्युनिष्ट नेताहरु सधैँ नेतृत्वमा बस्न खोजेकाले कम्युनिष्ट आन्दोलन पतन भयो: सूर्य थापा

    काठमाडौं । घाटमा नपुग्दासम्म पदमा रहन खोज्ने प्रबृत्तिका कारण कम्युनिष्टहरु पतन हुदै गएको एमाले नेता सूर्य थापाले बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले यो समस्या अन्तर्राष्टि कम्युनिष्ट आन्दोलनकै समस्या भएको उल्लेख गर्नुभयो ।

    नेपालका केही कम्युनिष्ट नेताहरुमा पनि त्यस्तै समस्या रहेकाले कम्युनिष्ट आन्दोलन सफल र प्रभावकारी हुन नसकेको उहाँको भनाई छ । उहाँले मोहनमान सिंह, मोहन बैद्य, सिपी मैनाली, ऋषी कट्टेल, नारायणमान विजुक्छेलगायत धेरै कम्युनिष्ट नेताहरुले लामो समयदेखि ७०/८० बर्ष हुँदासम्म पनि नेतृत्व नछाडेको उदाहरण प्रस्तुत गर्नुभयो । आफु हुँदासम्म पार्टी नेतृत्वमै रहनु पर्ने मनोविज्ञानका कारण एमालेका पूर्व महासचिव माधव नेपालले नयाँ पार्टी खोलेको उहाँले आरोप लगाउनुभयो ।

    “उहाँ लामो समय एमालेको महासचिव भएर नेतृत्वमा रहनु भयो, केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि उहाँलाई छटपटी भयो, त्यसैले नयाँ पार्टी खोल्नुभयो,” नेता थापाले भन्नुभयो ।

    उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै एक कार्यकाल अध्यक्ष र प्रधानमन्त्री बन्न उपयुक्त रहेको जिकिर गर्नुभयो । एमालेको अध्यक्ष भएपछि पार्टी एकिकरणको नाममा तीन बर्ष शुन्य अवधि जस्तै भएकाले उहाँले फेरि एक कार्यकाल अध्यक्ष बन्न खोज्नु स्वभाविक भएको नेता थापाको तर्क छ । एमालेको विधानमा दुई कार्यकाल नेतृत्व गर्न पाइन्छ भन्ने व्यवस्था भएकाले ओली फेरि अध्यक्ष हुन खोज्नुलाई दोहोर्याएको भन्न नमिल्ने उहाँको भनाई छ ।


    शुक्रवार, आश्विन ८ २०७८०९:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij