Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटीको बैठक आज देखि सुरु हुँदै

एमाले केन्द्रीय कमिटीको बैठक आज देखि सुरु हुँदै

  • शुक्रवार, आश्विन ८ २०७८

  • 535
    SHARES

  • एमाले केन्द्रीय कमिटीको बैठक आज देखि सुरु हुँदै

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ ।

    दुई दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले बताए ।

    केन्द्रीय कमिटीको बैठकमा यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने तामाङले जानकारी दिए ।

    एमाले केन्द्रीय कमिटीको बैठकले विधानमहाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङले बताए ।

     


    शुक्रवार, आश्विन ८ २०७८०७:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij