Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको साथ छाडेकाहरुमाथि प्रचण्डको टिप्पणी : ती साथीहरुलाई देख्दा बडो दया लाग्छ

माधव नेपालको साथ छाडेकाहरुमाथि प्रचण्डको टिप्पणी : ती साथीहरुलाई देख्दा बडो दया लाग्छ

  • बिहिवार, आश्विन ७ २०७८

  • 767
    SHARES

  • माधव नेपालको साथ छाडेकाहरुमाथि प्रचण्डको टिप्पणी : ती साथीहरुलाई देख्दा बडो दया लाग्छ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताउनुभएको छ । आज काभ्रेमा आयोजित कार्यक्रममा उहाँले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उहाँले भन्नुभयो, ‘तपाईंहरु पनि ‘ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।’

    प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गर्नुभयो ।

    ‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ प्रचण्डको भनाइ छ । उहाँले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।


    बिहिवार, आश्विन ७ २०७८०२:५८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij