Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको पदाधिकारी हेरफेर, अब ६ जना उपाध्यक्ष

एकीकृत समाजवादीको पदाधिकारी हेरफेर, अब ६ जना उपाध्यक्ष

  • बिहिवार, आश्विन ७ २०७८

  • 706
    SHARES

  • एकीकृत समाजवादीको पदाधिकारी हेरफेर, अब ६ जना उपाध्यक्ष

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिनुभएको छ ।

    केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

    तर राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो । सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।

    यस्तै सचिवमा राजेन्द्र राई थप हुनुभएको छ । मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनुहुने छ । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।


    बिहिवार, आश्विन ७ २०७८०२:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij