काठमाडौं । नेपाली काँग्रेसको अधिवेशन हिमाली जिल्लामा अहिले तोकेकै मितिमा गर्न नेताहरुले माग गरेका छन् ।
पालिका अधिवेशन र महाधिवेशन बाहेक अन्य अधिवेशनहरु सार्ने चर्चा भइरहेका बेला हिमाली जिल्लाका काँग्रेस नेताहरुले हिमाली जिल्लामा नसार्न आग्रह गरेका हुन ।
अहिले अधिवेशन नगरेर पछाडि सारेमा खेतिपातीको काम गर्ने बेलामा परेर सहभागी हुन समस्या हुने उनीहरुको भनाई छ ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवन बहादुर शाहीले कम्तिमा हिमाली जिल्लामा अहिले तोकिएकै समयमा अधिवेशन गर्न आग्रह गर्नु भएको हो ।
उहाँले अधिवेशन पछाडि सार्दा हिमाली जिल्लामा हिमपातको समस्या पनि हुन सक्ने पार्टीका शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराउनु भएको छ ।
नेता शाहीले विवादित १३ जिल्लामा हिमाली जिल्लाहरू नपर्ने भएकाले हिमाली जिल्लाहरुको अधिवेशन सार्न उपयुक्त नभएकोमा जोड दिनु भएको छ ।
देशको भूगोलको अवस्था र बाध्यता बुझिदिन उहाँले नेताहरुलाई अनुरोध गर्नु भएको छ ।