Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक बस्दै, एमालेले आज पनि अवरोध गर्ने

प्रतिनिधि सभा बैठक बस्दै, एमालेले आज पनि अवरोध गर्ने

  • बिहिवार, आश्विन ७ २०७८

  • 473
    SHARES

  • प्रतिनिधि सभा बैठक  बस्दै, एमालेले आज पनि अवरोध गर्ने

    काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्दैछ । दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय भएको छ ।

    आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने छ ।

    आजको बैठकमा राजनितिक दलसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकसमेत पेश हुन सक्ने सत्तारुढ गठबन्धनका एक नेताले बताए ।

    प्रतिनिधि सभाको जारी अधिवेशन सुरु भएपछिका सबै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।

    अवरोधकैबीच सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहनुभएको छ । एमालेले आज पनि संसद अवरोध गर्ने जनाएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

    उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ । एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ ।

     

    sansad_7.jpg


    बिहिवार, आश्विन ७ २०७८०७:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij