Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एक हप्तामा मन्त्रिमण्डलले पूर्णता पाउँछः नेता दिनानाथ शर्मा

एक हप्तामा मन्त्रिमण्डलले पूर्णता पाउँछः नेता दिनानाथ शर्मा

  • मंगलवार, आश्विन ५ २०७८

  • 715
    SHARES

  • एक हप्तामा मन्त्रिमण्डलले पूर्णता पाउँछः नेता दिनानाथ शर्मा

    काठमाडौं । नेकपा माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले एक हप्ता भित्रमा मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिमण्डललाई पुर्णता दिनेमा आफू विश्वस्त भएको भन्दै राजनीतिक संकर्मणकालिन अवस्थाले गर्दा लामो समय लागेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    हाल राजनीतिमा पार्टीहरु फुट्नु र संसदमा भइरहेको गतिविधि पनि संसद् विघटन गर्नुको परिणाम भएको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अबको एक हप्तामा मन्त्रिमण्डले पूर्णता पाउने बताउनुभएको हो ।

    उहाँले नेकपा माओवादी २०५२ साल देखि नै राजनीतिको केन्द्रमा भएको दावी समेत गर्नुभएको छ । नेकपा माओवादीले मात्रै देशको अगुवाई गरिरहेको दावी गर्दै उहाँले संविधान र लोकतन्त्र जोगाउन पार्टी केन्द्रित भएको भन्दै राष्ट्र र जनताको लागि पार्टी लागी परेको बताउनुभयो ।

    आफूले पार्टीको गलत प्रवृतीलाई खुलेरै विरोध गर्ने गरेको उहाँको भनाई छ । नेकपा एमाले नै दुई चिरा भएकोले फुटेको भन्दै कुनै पनि पार्टी आन्तरिक कारणले नै फुट्ने उहाँको भनाइ छ । पार्टी भन्दा विचार महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।


    मंगलवार, आश्विन ५ २०७८०९:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij