Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १ हजार ९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

थप १ हजार ९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

  • सोमवार, आश्विन ४ २०७८

  • 1.2K
    SHARES

  • थप १ हजार ९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामासंक्रमण पुष्टि भइसकेको छ ।
    हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् ।

    जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना र १०८ जनाभेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । अहिले निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । आज थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । हाल मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप २२ हजार १९२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ८८ हजार ५१७ जना पूर्ण मात्रा खोप लगाएका छन् भने ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।


    सोमवार, आश्विन ४ २०७८०५:०४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij