Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्म जसपा सरकारमा नजाने

दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्म जसपा सरकारमा नजाने

  • सोमवार, आश्विन ४ २०७८

  • 528
    SHARES

  • दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्म जसपा सरकारमा नजाने

    काठमाडौँ । नयाँ सरकार गठनका लागि महत्वपूर्ण भूमिका खेलेको जनता समाजवादी पार्टी राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने भएको छ । पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नगरेसम्म आफुहरु सरकारमा सहभागी नहुने जानकारी दिनु भएको हो ।

    उहाँले आफुहरु सरकारमा सहभागी नहुँदासम्म सरकारले पुर्णता नपाउने पनि स्पष्ट पार्नुभयो । अध्यादेश खारेज गरेर मन्त्रालयहरुको बांडफांड भएपछि मात्र सरकारले पुणता पाउने उहाँले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    गठबन्धनमा हालसम्म मन्त्रालयसम्बन्धी कुनै छलफल नभएको उहाँको भनाई छ । अध्यक्ष यादवले मन्त्री बनाउनका लागि सिफारिस गरिने नेताहरुको नामावली पार्टीले तयार पारिसकेको दावी गर्नुभयो ।


    सोमवार, आश्विन ४ २०७८०९:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij