Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको स्थायी कमिटी बैठक आज पनि

एमालेको स्थायी कमिटी बैठक आज पनि

  • सोमवार, आश्विन ४ २०७८

  • 444
    SHARES

  • एमालेको स्थायी कमिटी बैठक आज पनि

    काठमाडौँ । नेकपा (एमाले)को हिजोदेखि सुरु भएको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि स्थायी कमिटीमा हिजोदेखि छलफल शुरू भएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार हिजो ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ ।

    यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए । आज १ बजे बस्ने बैठकमा बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी भट्टराईले दिनुभयो ।

    केन्द्रीय कमिटीबाट आएका सुझावलाई पनि समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो । राजनीतिक प्रतिवेदनमा पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको कार्यदिशा र समग्र कामको मूल्यांकन गरिएको बताइएको छ ।


    सोमवार, आश्विन ४ २०७८०८:५७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij