Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कले यसरी मनायो पाँचौं वार्षिकोत्सव (फोटोफिचर)

नेपाली रेडियो नेटवर्कले यसरी मनायो पाँचौं वार्षिकोत्सव (फोटोफिचर)

  • आइतवार, आश्विन ३ २०७८

  • 627
    SHARES

  • नेपाली रेडियो नेटवर्कले यसरी मनायो पाँचौं वार्षिकोत्सव (फोटोफिचर)

    काठमाडौँ । नेपाली रेडियो नेटवर्कले स्थापनाको पाँचौं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा रेडियोले आज नेपालमा रेडियोका चुनौती र संभावनाबारे सरोकारवालारुमाझ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । आजै परेको संविधान दिवसका अवसरमा पनि पूर्वसभामुख, संविधानविद् र राजनीतिक दलका नेताहरुबीच छुट्टै छलफलको पनि आयोजना भयो ।

    नेपाली श्रोता माझ २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो । श्रमजीवि पत्रकारहरुकै सक्रियतामा ‘सवैका लागि सूचना’ भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुका बीचमा लोकप्रिय भएको छ । पाँचौ बार्षिकोत्सव मनाउदै छैठांै वर्षमा प्रवेश गर्दै गर्दा नेपाली रेडियो नेटवर्क अन्तर्गत काठमाडौँमा प्रसारण हँुदै आएको रेडियो एनआरएन ९९.१ को प्रसारण क्षमता वृद्धि गरी १००० मेगावाट बनाइएको छ ।

    संविधान जारी भएको अर्को वर्ष सुरु भएको नेपाली रेडियो नेटवर्कले राजनीतिक विषयसँगै कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिँदै आएको छ । आगामी दिनमा कानुनी, वित्तिय, सूचनाप्रविधि, स्वास्थ्य, सडक लगायत दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयासमा नेपाली रेडियो नेटवर्कले साक्षरता कार्यक्रमहरु पनि गर्ने योजना बनाएको अध्यक्ष ऋषि धमलाले बताउनुभयो ।

    स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको हाम्रो विषेश प्रस्तुती निर्वाचनमा नजर जस्तै नयाँ प्याकेजहरु मार्फत् साक्षरताका लागि सम्वन्धीत निकायहरुसँग सहकार्य गरेर नयाँ अभियान चलाइने प्रबन्ध निर्देशक अमृत अधिकारीले बताउनुभयो । पत्रकार ऋषि धमलाले संचालन गर्दै आउनु भएको नेपालका रेडियो कार्यक्रमहरु मध्ये देश विदेशमा सर्वाधिक लोकप्रिय नेपाली बहस र हरेक नेपालीको साझा प्रश्न बनेको जनता जान्न चाहन्छन् नेपाली रेडियो नेटवर्कको कार्यक्रम हो ।

    रेडियोसँगै आफ्नै व्यवसायीक अनलाईन — “नेपालीनेटवर्क डटकम” सञ्चालनमा छ भने अनलाईन टिभीको रुपमा नेपाली नेटवर्क टिभी पनि लोकप्रिय रहेको छ । काठमाडौको बानेश्वर हाइटबाट नेटवर्कले देशभरीका झण्डै दुई सय रेडियोसँग सहकार्य गरिरहेको छ । समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने आधारभूत समाचार शैली यस नेटवर्कले अबलम्बन गर्दै आएको छ । कुनै दलिय झुकाव नदेखियोस् भन्ने तर्फ अत्यन्त सतर्क रहेको रेडियो व्यवस्थापनले जनाएको छ ।

    व्यवसायीकता र निश्पक्षताबाट विचलित नभएको र आगामी दिनमा पनि नहुने व्यवस्थापनले प्रतिवद्धता जनाएको छ । अझ शसक्त, जिम्मेवार र निश्पक्ष प्रस्तुतीमा खरो उत्रिने समाचार निर्देशन जीवन भण्डारीले प्रतिवद्धता जनाउनुभयो ।

    IMG_7079.JPG

     

    IMG_7117.JPGIMG_7151.JPGIMG_7133.JPGIMG_7083.JPGIMG_7114.JPGIMG_7109.JPG

    IMG_7076.JPGIMG_7111.JPG

    IMG_7163.JPG

    anniversary.JPG


    आइतवार, आश्विन ३ २०७८०८:२७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij