Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संविधान सच्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

संविधान सच्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

  • आइतवार, आश्विन ३ २०७८

  • 352
    SHARES

  • संविधान सच्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

    काठमाडौँ । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आज जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता÷कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

    स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै बक्ताहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए ।

    प्रदेश सांसद परमेश्वर साहले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाइ छ । संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवस मनाइरहने उनले बताए ।

    हामीलाई जनप्रतिनिधी बनाउने जनताले संविधानको बिरोध गर्न म्यान्डेड दिएको भन्दै उनले मधेश आन्दोलनका बिरोधीहरुले सत्तामा पनि बस्ने संविधानको बिरोध पनि गर्ने ? भन्ने गरेको उनले बताए । कोणसभामा पूर्व सुांसद अरबिन्द सांसद, कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादवसहितकाले संविधान संशोधन गर्नुपर्नेमा जोड् दिएका थिए ।


    आइतवार, आश्विन ३ २०७८०७:०५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij