Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव, सबै पदाधिकारी निर्वाचित हुने

एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव, सबै पदाधिकारी निर्वाचित हुने

  • आइतवार, आश्विन ३ २०७८

  • 616
    SHARES

  • एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव, सबै पदाधिकारी निर्वाचित हुने

    काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आज शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

    नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने निर्णय गरेको थियो ।

    दश बुँदे सहमति कार्यान्वयनको निर्णय हुनुअघि ओली पक्षका नेतामात्रै सामेल बैठकले भने महाधिवेशनबाट पार्टी अध्यक्षमात्रै निर्वाचित हुने प्रस्ताव गरेको थियो । जसमा पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने प्रस्ताव थियो ।

    तर आज स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा भने सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।

    असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा आजदेखि छलफल शुरु भएको छ ।


    आइतवार, आश्विन ३ २०७८०६:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij