Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

असोज ५ सम्म सरकार विस्तार हुन्छ : प्रचण्ड

असोज ५ सम्म सरकार विस्तार हुन्छ : प्रचण्ड

  • शनिवार, आश्विन २ २०७८

  • 565
    SHARES

  • असोज ५ सम्म सरकार विस्तार हुन्छ : प्रचण्ड

    जनकपुरधाम –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताउनुभएको छ ।

    प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार उनले असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने बताउनुभएको छ ।

    प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताउनुभयो ।

    आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उहाँले बताउनुभयो । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताउनुभयो ।

    संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उहाँले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभयो ।

    एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उहाँले बताउनुभयो ।


    शनिवार, आश्विन २ २०७८०६:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij