Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको क्रियाशिल सदस्यता विवाद अब चार जिल्लामा मात्रै

काँग्रेसको क्रियाशिल सदस्यता विवाद अब चार जिल्लामा मात्रै

  • शुक्रवार, आश्विन १ २०७८

  • 878
    SHARES

  • काँग्रेसको क्रियाशिल सदस्यता विवाद अब चार जिल्लामा मात्रै

    काठमाडौं । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता विवाद अव चार जिल्लामा मात्रै सिमित भएको नेताहरुले दावी गरेका छन् । क्रियाशिल सदस्यता विवाद समाधान समितिका सदस्य प्रदिप पौडेलले चार जिल्ला बाहेक सवै जिल्लाको सदस्यता विवाद समाधान भएको जानकारी दिनु भएको हो ।

    उहाँले पछिल्लो पटक विवाद समाधान भएका जिल्लाहरुको सदस्यता सूची आज वा भोली प्रकाशित हुने पनि नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । त्यसैगरी विवाद कायमै रहेका डोल्पा, रसुवा, बाँके र धनुषा जिल्लाको विवाद पनि एक दुई दिनमा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    चार जिल्लाको विवाद केही गरी नमिलेमा त्यसलाई थाति राखेरै भएपनि महाविधेशन हुने नेता पौडेलले दावी गर्नुभयो । महाधिवेशनमा आफुले महामन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरेको बताउदै उहाँले आफु अहिलेसम्म पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा नै रहेको स्पष्ट पार्नुभयो ।

    महामन्त्रीमा यसअघि नै सिटौला समूहबाट उम्मेदवार भएका अर्का युवा नेता गगनकुमार थापाले पनि सिटौला समूह नछोडेको उहाँले बताउनुभयो ।
    “सिटौला समूह आफुले छोडेको अहिलेसम्म उहाँले बताउनु भएको छैन,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेता पौडेलले भन्नुभयो ।

    नेता थापाले बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको चर्चा भइरहेका बेला उहाँले नयाँ सिराबाट संगठित हुनुलाई स्वभाविक मान्नु पर्ने धारणा राख्नुभयो ।


    शुक्रवार, आश्विन १ २०७८०८:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij