Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको बागमती इञ्चार्ज शाक्य कि बादल ?

एमालेको बागमती इञ्चार्ज शाक्य कि बादल ?

पार्टी पशिक्षण कार्यक्रममा बागमती प्रदेश इञ्चार्जका रुपमा बादलकै सम्बोधन
  • बिहिवार, भाद्र ३१ २०७८

  • 644
    SHARES

  • एमालेको बागमती इञ्चार्ज शाक्य कि बादल ?

    काठमाडौँ । नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बागमती प्रदेशको इञ्चार्जका रुपमा रामबहादुर थापा ’बादल’ले नै सम्बोधन गर्नुभएको छ । कार्यक्रम सञ्चालकले उहाँलाई बागमती प्रदेशको इञ्चार्जकै रुपमा सम्बोधनका लागि अनुरोध गरेका थिए ।

    बादल अघि भेलालाई प्रशिक्षण दिनुभएका बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भने सञ्चालकले सम्बोधनका क्रममा बागमती प्रदेश मुख्यमन्त्री र उपाध्यक्षका रुपमा प्रशिक्षणका लागि बोलाएका थिए ।

    नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ’कार्यान्वयन’ नभएको पाइन्छ । पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन ।


    बिहिवार, भाद्र ३१ २०७८०२:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij