Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

थप ७ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक

थप ७ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक

  • बुधवार, भाद्र ३० २०७८

  • 554
    SHARES

  • थप ७ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक

    काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।

    निर्वाचन समिति सदस्य तेज रावलका अनुसार अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेतको क्रियाशील सदस्यता चाँडै सार्वजनिक हुने रावलले बताए । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको हो ।

    डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लाको वडा अधिवेशनका लागि ५ असोजको समयतालिका परिमार्जन गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।


    बुधवार, भाद्र ३० २०७८०७:५६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij