काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ ।
एमालेले आज दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुंगो लगाएको छ । ललितपुरको च्यासलमा शनिबार भएको स्थायी कमिटीको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो ।
विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा केन्द्रीय कमिटी पदाधिकारीदेखि एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख पनि रहेका छन् ।