Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजदेखि राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु

आजदेखि राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु

  • बुधवार, भाद्र ३० २०७८

  • 778
    SHARES

  • आजदेखि राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु

    काठमाडौं – राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य आजदेखि सुरु हुने भएको छ। 

    आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको हो। 

    केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो।  यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो।

     यस वर्ष गरिने जनगणना १२औं जनगणना हो। गत २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो।


    बुधवार, भाद्र ३० २०७८०६:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij