Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुँदैनः यादव

दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुँदैनः यादव

  • मंगलवार, भाद्र २९ २०७८

  • 1.1K
    SHARES

  • दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुँदैनः यादव

    सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताउनुभएको छ ।

    सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पार्नुभयो ।

    ‘तत्काल केही गर्नु परेका कारण अध्यादेश ल्याइएको हो । त्यसलाई खारेज नगर्दा दलहरु टुक्रिरहने र लोकतन्त्रनै खतरामा पर्ने भएकाले यसलाई खारेज गरेपछिमात्र मन्त्रिपरिषद विस्तार हुन्छ’, उहाँले भन्नुभयो ।

    सरकारले अध्यादेश संसदमा पेस गरिसकेको छ । सोही अध्यादेशका आधारमा एमाले र जसपा विभाजित भएका छन् ।

    अब जसपा विभाजनका लागि अहिलेको अध्यादेश कायमै रहँदा ४ जना सांसदले विद्रोह गरे पुग्छ ।

    मन्त्री बन्न नपाउनेहरुले फेरि पार्टी फुटाउने त्रास यादवलाई छ ।


    मंगलवार, भाद्र २९ २०७८०५:३७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij