Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई अमेरिकाको कुनै सहयोग चाहिदैन: भीम रावल

नेपाललाई अमेरिकाको कुनै सहयोग चाहिदैन: भीम रावल

  • मंगलवार, भाद्र २९ २०७८

  • 901
    SHARES

  • नेपाललाई अमेरिकाको कुनै सहयोग चाहिदैन: भीम रावल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अमेरिकाले दिने कुनै पनि सहयोग नचाहिने बताउनु भएको छ ।

    एमसीसीलाई अस्विकार गरेमा अमेरिकाले अन्य सहयोग पनि रोक्ने चेतावनी दिएको बेला एमाले नेता रावलले अमेरिकाको सहयोग नभएपनि हुने बताउनु भएको हो ।

    उहाँले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा भन्नुभयो, “अमेरिकाले कुनै सहयोग नदिएपनि नदियोस, अमेरिकाको सहयोग विना पनि हामी आफै काम गरेर हेरौँ न ।”

    उहाँले विदेशीको सहयोग विना देश चल्न सक्छ की सक्दैन भनेर तीन बर्ष परिक्षण गर्न पनि आग्रह गर्नुभयो ।

    देशको ढुकुटी जुटाउन कुनै भूमिका नहुने प्रमुख प्रतिपक्षी दलका सांसद समेत रहनु भएका रावलले विदेशीको सहयोग नलिएर आफुहरुलाई केही असर नपर्ने दावी गर्नुभयो ।

    सुदुरपश्चिमका प्रभावशाली नेता रावलले सुदुरपश्चिमकै अर्का नेता तथा पूर्वमन्त्री प्रेम आलेप्रति लक्षित गर्दै भ्यागुतो उफ्रिए झै उफ्रिएको टिप्पणी गर्नुभयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम इन्चार्जको जिम्मेबारी नेता रावललाई नदिएर माओवादीबाट आएका लेखराज भट्टलाई दिएपछि रावल असन्तुष्ट हुनुभएको चर्चा छ ।


    मंगलवार, भाद्र २९ २०७८०९:४७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij