Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको प्रधानमन्त्रीको भनाइ

बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको प्रधानमन्त्रीको भनाइ

  • मंगलवार, भाद्र २९ २०७८

  • 525
    SHARES

  • बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको प्रधानमन्त्रीको भनाइ

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन् ।

    काेभिडकाे पछिल्लाे लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जाेखिममा रहेकाे वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाकाे याे भनाइ सार्वजनिक भएकाे हाे ।

    ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड-१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए । कोभिड-१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनल उल्लेख गरे ।
     
    देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।


    मंगलवार, भाद्र २९ २०७८०७:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij