Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विप्लवको चेतावनीः एमसीसी पास गर्नेहरूले आफ्नो जीवनको पनि ख्याल राखुन्

विप्लवको चेतावनीः एमसीसी पास गर्नेहरूले आफ्नो जीवनको पनि ख्याल राखुन्

  • सोमवार, भाद्र २८ २०७८

  • 800
    SHARES

  • विप्लवको चेतावनीः एमसीसी पास गर्नेहरूले आफ्नो जीवनको पनि ख्याल राखुन्

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहायता परियोजना एमसीसी नेपालको संसदबाट पारित गर्न खोज्नेहरुलाई आफ्नो जीवनको ख्याल राख्न चेतावनी दिनुभएको छ ।

    एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको दाबी गर्दै विप्लवले राष्ट्रघाति सम्झौतालाई संसदबाट पारित गर्न खोज्नेहरुले आफ्नो जीवनको पनि ख्याल राख्नुपर्ने चेतावनी दोहो¥याउनुभएको हो ।

    भूमिगत हुँदा पनि आफूहरुले एमसीसी पारित नगर्न चेतावनी दिएको बताउँदै विप्लवले अहिले पनि राष्ट्रघाति एमसीसी पास गर्न नदिइने बताउनुभयो ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौतीको संरक्षणका लागि नेपालमा एमसीसी अघि सारिएको विप्लवको दाबी छ ।

    आज काठमाडौँको खुलामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाउनुभयो ।

    अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहाँ एमसीसी लागू गर्ने गरेको उहाँले बताउनुभयो ।

    नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताउनुभयो ।

    विल्पव हिंसाको राजनीति त्याग्दै हालै मुलधारको राजनीतिमा आएका नेता हुन् । तर उहाँले एमसीसी पास गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्ने चेतावनी विरोधसभामार्फत दोहो¥याएपछि नेपालमा सुरक्षा चुनौती बढ्ने सक्ने आँकलन गरिएको छ ।

    तर गृह मन्त्रालयले भने एमसीसीको विरोधका नाममा भइरहेका प्रदर्शनहरुलाई सामान्य सुरक्षा रणनीतिले नै व्यवस्थापन गरिरहेको जनाएको छ ।

    अहिलेसम्म सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी एमसीसी विरोधी गतिविधि नभएको गृहमन्त्रालयका प्रवक्ता फणिन्त्रमणि पोखरेलले बताउनुभयो ।

    नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले पनि एमसीसीको विरोधका नाममा सुरक्षा चुनौती नबढेको बताउनुभयो ।

    एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली हालै चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केको छ । नेपालमा रहँदा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली लगायत प्रमुख दलका नेताहरूसँग भेट गरेको थियो ।

    ्टोली नेपालमा रहँदा पनि युवाहरुले नो एमसीसी भन्दै विरोध प्रदर्शन गरेका थिए । तर स्वदेश फर्कनुअघि पत्रकार सम्मेलनका क्रममा सुमारले एमसीसी परियोजनालाई राजनीतिकरण गर्न नहुने बताउनुभएको थियो ।


    सोमवार, भाद्र २८ २०७८०७:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij