Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेसँग संवाद गरेर अर्को बैठक राख्न सभामुखलाई दलहरुको सुझाव

एमालेसँग संवाद गरेर अर्को बैठक राख्न सभामुखलाई दलहरुको सुझाव

  • सोमवार, भाद्र २८ २०७८

  • 682
    SHARES

  • एमालेसँग संवाद गरेर अर्को बैठक राख्न सभामुखलाई दलहरुको सुझाव

    काठमाडौं – संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

    एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

    बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भन्नुभयो, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

    सभामुख सापकोटाले भने आफूले बिहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए ।

    कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाउनुभयो ।

    दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने नेम्वाङले बताउनुभएको थियो ।


    सोमवार, भाद्र २८ २०७८०६:०९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij