Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

ओलीको मनपरीतन्त्रका कारण नेकपा फुटेको होः पूर्व प्रधानमन्त्री खनाल

ओलीको मनपरीतन्त्रका कारण नेकपा फुटेको होः पूर्व प्रधानमन्त्री खनाल

  • सोमवार, भाद्र २८ २०७८

  • 548
    SHARES

  • ओलीको मनपरीतन्त्रका कारण नेकपा फुटेको होः पूर्व प्रधानमन्त्री  खनाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीको मनपरीतन्त्रका कारण नेकपा फुटेको र नेकपाको सरकार ढलेको दावी गर्नु भएको छ ।

    जनताले नेकपालाई बहुमत दिएको र नेकपाले सरकार चलाउने जिम्मेबारी पाएपनि अध्यक्ष ओलीले बहुमत आफ्नो लागि मात्रै आएको र सरकार पनि आफुले मात्रै चलाउने हो भन्ने दम्भ देखाएको खनालले उल्लेख गर्नुभयो ।

    लामो समय भारतमा उपचार गराएर स्वदेश फर्किएपछि पहिलो पटक अन्तर्वार्ता दिदै बरिष्ठ नेता खनालले तत्कालिन प्रधानमन्त्री ओली तानाशाही शैलीमा अगाडि बढेकाले मुलुकलाई थप दुर्घटना हुनबाट जोगाउन आफुहरुले कठोर निर्णय लिएको दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पहिलाको सरकारभन्दा अहिलेको सरकार धेरै दृष्टीकोणले फरक छ, केही काम ढिला भएका छन, त्यसले पनि अव गति लिन्छ ।”

    लामो समयदेखि एमसीसीको विपक्षमा खरो रुपमा उत्रिदै आउनु भएका पूर्व प्रधानमन्त्री खनालले एमसीसीको सम्झौतामा शंका गर्नुपर्ने ठाउँ धेरै भएकाले यत्तिकै पारित गर्न नहुने अडान दोहोर्याउनुभयो ।

    “एमसीसीका बारेमा गठवन्धनमा साझा धारणा बनाएर निर्णय गर्नु पर्छ, यसलाई संशोधन गरी अनुमोदन गर्न हुदैन भन्ने मेरो धारणा हो,” उहाँले भन्नुभयो ।

    अमेरिकासँगका अरु धेरै काममा सहकार्य भइरहेको र भइरहने स्पष्ट पार्दै उहाँले एमसीसीका केही सर्तहरुलाई भने स्विकार गर्न नसकिने बताउनुभयो ।

    उहाँले नेपालसँग श्रोतको अभाव नभएको दावी गर्दै भ्रष्टाचार थोरै मात्रै नियन्त्रण गर्न सके पनि एमसीसीको जत्तिको बजेट जुट्ने तर्क गर्नुभयो ।


    सोमवार, भाद्र २८ २०७८०९:३०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij