काठमाडौं । क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको र डडेलधुरामा जवरजस्ती अधिवेशन गरिएको विषयमा संस्थापन इतर समुहका नेताहरुले आज छलफल गर्ने भएका छन् ।
उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ वजेपछि छलफल गर्ने योजना बनाएका हुन । पार्टी सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरामा चरम विवादका विच जवरजस्ती गराएको अधिवेशनपछि संस्थापन इतर समुह निष्पक्ष महाधिवेशन हुनेमा शशंकित बनेको छ ।
देउवाले प्रदेश नम्बर दुई लगायत काठमाडौ, सिन्धुपाल्चोक लगायत आफु कमजोर भएको जिल्लामा क्रियाशील सदस्यता समेत टुंगो नलगाएको पनि उनीहरुको भनाई छ ।