Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

अध्यादेशबारे मतैक्य नुहँदा मन्त्रिपरिषद विस्तारमा झन् ढिलाइ
  • आइतवार, भाद्र २७ २०७८

  • 636
    SHARES

  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

    काठमाडौँ : सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताउनुभएको छ । मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने बताइएको छ ।

    नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा पर्नुभएको छ । शुक्रबारको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

    यस विषयमा शुक्रबार दिउँसो नेकपा समाजवादी र जसपा निकट कानुनविद्बीच छलफल भएको थियो । उनीहरु पनि निष्कर्षमा पुग्न सकेका छैनन् । सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

    शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गर्नुभएको थियो । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य मन्त्रालय कसले लिने भन्ने विवादका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।


    आइतवार, भाद्र २७ २०७८०८:४८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij