Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

  • आइतवार, भाद्र २७ २०७८

  • 544
    SHARES

  • प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । संसद् सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गर्दै आएको छ । शुक्रबार एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

    आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ । एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन् । एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।  


    आइतवार, भाद्र २७ २०७८०७:२२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij