Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक हजार भन्दा कममा कोरोना संक्रमण , १३ सय बढी निको भए

एक हजार भन्दा कममा कोरोना संक्रमण , १३ सय बढी निको भए

  • शनिवार, भाद्र २६ २०७८

  • 780
    SHARES

  • एक हजार भन्दा कममा कोरोना संक्रमण , १३ सय बढी निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

    यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

    कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ६८ हजार ६३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५१ लाख ६० हजार ५२४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

     


    शनिवार, भाद्र २६ २०७८०४:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij