Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवालाई युवा नेताहरुको चेतावनी : काँग्रेस साझा फूलबारी नै होस्, जबर्जस्ती नगरियोस्

देउवालाई युवा नेताहरुको चेतावनी : काँग्रेस साझा फूलबारी नै होस्, जबर्जस्ती नगरियोस्

  • शनिवार, भाद्र २६ २०७८

  • 505
    SHARES

  • देउवालाई युवा नेताहरुको चेतावनी : काँग्रेस साझा फूलबारी नै होस्, जबर्जस्ती नगरियोस्

    काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेस सबै नेपालीको साझा फुलवारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् । समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् ।

    डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त वक्तव्य जारी निर्धारित समयमा १४औं महाधिवेशनको सुनश्चितताका लागि पाँच बुँदे ध्यानाकर्षण गराएका हुन् ।

    देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहेपनि काठमाडौँ, मोरङ लगायतका १९ जिल्लाको क्रियाशील सदस्यको सूची अहिलेसम्म सार्वजनिक नभएकाले अधिवेशन सुरु हुन नसक्दा देशभर एकैपटक अधिवेशन सुरु हुने परम्परालाई खण्डित तुल्याएको उनीहरुको भनाइ छ ।

    “पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साँच्चै दुःखद पक्ष हो,” वक्तव्यमा लेखिएको छ । सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरु खारेज गरि विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गर्नुपर्ने जिल्ला समितिको मागप्रति युवा नेताहरुले समर्थन जनाएका हुन् ।

    गृह जिल्लामा सभापति देउवाको निर्देशनमा सुरक्षाकर्मीहरुको आडमा अधिवेश गरेकोप्रति आपत्ति प्रकट गर्दै उनीहरुले कहीँ पनि जबरजस्ती नगर्न चेतावनी दिएका छन् ।

    वक्तव्यमा लेखिएको छ, “देशभर अधिवेशनको प्रकृया शुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशीलसदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पीडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।”

    काँग्रेस भित्र देखिएका घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला मात्र नभइ नेपाली कांग्रेसका झण्डै ९ लाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार भएकाले केन्द्रीय समितिको बैठक मार्फत विवादहरुको निरुपण गर्न पनि सभापति देउवासँग युवा नेताहरुको आग्रह छ ।


    शनिवार, भाद्र २६ २०७८०८:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij