Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

हिजो स्थगित भएको एमाले स्थायी कमिटी बैठक आज

हिजो स्थगित भएको एमाले स्थायी कमिटी बैठक आज

  • शनिवार, भाद्र २६ २०७८

  • 536
    SHARES

  • हिजो स्थगित भएको एमाले स्थायी कमिटी बैठक आज

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

    तामाङका अनुसार बैठकमा विधान महाधिवेशन र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने छ । स्थायी कमिटी बैठक शुक्रबारका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो ।

    एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठक सञ्चालन गरेका थिए । शुक्रबार नै सरकार ओली नेतृत्वको निर्वमान सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पेश गरेको थियो ।


    शनिवार, भाद्र २६ २०७८०७:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij