Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस निर्वाचन समिति संयोजक यादवको राजनीनामा फिर्ता

काँग्रेस निर्वाचन समिति संयोजक यादवको राजनीनामा फिर्ता

  • शनिवार, भाद्र २६ २०७८

  • 596
    SHARES

  • काँग्रेस निर्वाचन समिति संयोजक यादवको राजनीनामा फिर्ता

    काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा फिर्ता भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले उहाँको राजीनामा अस्वीकृत गरेकाले राजीनामा फिर्ता भएको जानकारी दिनुभयो ।

    ‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले भदौ २३ मा पार्टीका सभापति शेरबहादुर देउवासमक्ष दिनुभएको राजीनामा सभापतिले अस्वीकृत गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    ‘कोभिड—१९’ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै सभापति देउवाले अधिवेशनका बाँकी कामहरू पनि सम्पन्न गर्न अनुरोध गर्नुभएको छ ।


    शनिवार, भाद्र २६ २०७८०७:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij