Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन कार्यतालिका फेरबदल

कांग्रेस महाधिवेशन कार्यतालिका फेरबदल

  • शुक्रवार, भाद्र २५ २०७८

  • 1.1K
    SHARES

  • कांग्रेस महाधिवेशन कार्यतालिका फेरबदल

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ ।

    प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताएका छन् ।

    उहाँका अनुसार बाँकी जिल्लाको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गर्नेबारे छलफल भइरहेको छ ।

    ती नेताले भने, ‘प्रदेश र केन्द्रको महाधिवेशन पुरानै मितिमा हुन्छ, बाँकीको अधिवेशन कम्तीमा एक साता पर सर्न सक्छ ।’ संसद अधिवेशन चलिरहेकाले सांसदहरु काठमाडौं बाहिर जान नमिल्ने हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्न लागिएको बताइएको छ ।

    प्रस्तावित कार्यतालिका अनुसार बाँकी जिल्लाको वडा अधिवेशन ५ असोज, पालिकाको ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ असोजमा गर्ने उल्लेख छ ।

    त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ असोजमा गर्ने प्रस्तावित कार्यतालिकामा रहेको एक नेताले बताएका छन ।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौबाट वडा अधिवेशन शुरु भइसकेको छ । देशभर एकैदिन गर्ने भनिए पनि अहिलेसम्म जम्मा ५७ जिल्ला मात्रै वडा अधिवेशन भएको छ ।

    बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर देशभर एकैदिन पालिका अधिवेशन गर्न माग गरेका थिए । महाविधेशन कार्यतालिकामा २७ भदौमा पालिका अधिवेशन हुनुपर्नेछ तर २० जिल्लाको क्रियाशील सदस्यता टुंगिन बाँकी छ ।

    कांग्रेसको ३० साउनको केन्द्रीय समिति बैठकले २७ भदौमा पालिका अधिवेशन, १ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र १० असोजमा जिल्ला अविधेशन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने संशोधन नगरिने नेताहरुले बताएका छन् ।

    यसैबिच , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन गरेको भन्दै सामाजिक संजाल मार्फत आपत्ति जनाउनु भएको छ ।

    सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु गरेको भन्दै उहाँले यो लोकतन्त्रकै उपहास भएको बताएको छ ।

     


    शुक्रवार, भाद्र २५ २०७८०६:०३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij