काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा आज वडा अधिवेशन हुन लागेको छ ।
पार्टीले गत १८ गते वडा अधिवेशन गर्न निर्देशन जारी गरेको भएपनि विवादका कारण सभापतिकै जिल्लामा एक हप्ता पछि वडा अधिवेशन हुन लागेको हो ।
डडेलधुरामा पार्टी भित्रको विवाद चर्किदै गएपछि अधिवेशन नै अन्यौलमा परिरहेका बेला वडा अधिवेशन गर्न लागिएको छ । सवै वडामा अधिवेशन हुनसक्नेमा आशंका गरिएको छ ।
डडेल्धुरा जिल्लाका ५२ वटै वडामा आज बिहान ८ः३० बजे देखि वडा अधिवेशन गर्ने तय भएको स्थानीय नेताहरुले जानकारी दिएका छन् ।