Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमसीसीकी उपाध्यक्ष आएकै बेला भारतीय नेता पनि काठमाडौंमा

एमसीसीकी उपाध्यक्ष आएकै बेला भारतीय नेता पनि काठमाडौंमा

  • शुक्रवार, भाद्र २५ २०७८

  • 735
    SHARES

  • एमसीसीकी उपाध्यक्ष आएकै बेला भारतीय नेता पनि काठमाडौंमा

    काठमाडौं । सत्तारुढ भारतीय दल बीजेपी विदेश विभाग प्रमुख विजय चौंथाइवाले नेपालमा भ्रमणमा आएको एक महीना नबित्दै अर्का बीजेपी नेता काठमाडौंमा आउनु भएको छ ।

    बीजेपी नेता राम माधव हिजो दिउँसो काठमाडौं आएको र आन्तरिक भेटघाट गरिरहेको जनाइएको छ । एमसीसीकी उपाध्यक्षसहितको टोली काठमाडौं आएकै दिन बीजेपीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघका नेता समेत रहेका माधव नेपाल आउनु भएको हो ।

    तर उहाँहरुको आगमन एकैदिन हुनु संयोग मात्रै भएको र एक आपसमा कुनै सम्वन्ध नरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    दार्चुला घटनामा नेपालले भारतलाई कूटनीतिक नोट लेखेको र त्यसको जवाफ नआइसकेको पृष्ठभूमिमा भएको राम माधवको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    वर्तमान सरकारले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको रुपमा माधवको भ्रमणलाई हेरिएको छ । नेपाल एयरलाइन्सको उडानबाट नेता माधवसहित दुई जना पौने १२ बजे काठमाडौंमा उत्रिएको र गोकर्ण रिसोर्टमा बसेको जनाइएको छ ।


    शुक्रवार, भाद्र २५ २०७८०८:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij