काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पौने १२ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो ।
एमसीसीकी उपाध्यक्ष सहितको टोली नेपाल भ्रमणमै रहेका बेला बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री देउवा पहिलेदेखि नै एमसीसीको पक्षमा रहदै आउनु भएको छ भने कतिपय दल तथा व्यक्तिहरुले भने एमसीसीको चर्को विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले बैठक बस्ने तय भएको बताएपनि एजेण्डाका बारेमा कुनै जानकारी दिएको छैन । मन्त्रिपरिषद् बैठक बस्नु अघि आजै विहान सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । गठवन्धनको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
गठवन्धनको बैठकमा पनि मुख्यगरी एमसीसीकै बारेमा छलफल हुने अपेक्षा गरिएको छ । गठवन्धनको बैठक हिजो पनि बसेको थियो भने कुनै निर्णय नभएको दावी गरिएको छ ।