Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसद बैठक आज पनि अवरुद्ध हुन सक्ने, एमाले आन्तरिक छलफलमा

संसद बैठक आज पनि अवरुद्ध हुन सक्ने, एमाले आन्तरिक छलफलमा

  • शुक्रवार, भाद्र २५ २०७८

  • 761
    SHARES

  • संसद बैठक आज पनि अवरुद्ध हुन सक्ने, एमाले आन्तरिक छलफलमा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद बैठक आज पनि बोलाइएको छ । दिउसो २ बजेपछि बस्नेगरी संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

    सभामुख अग्नीप्रसाद सापकोटाले एमालेप्रति पुर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै विरोध स्वरुप एमालेले बैठक अवरोध गर्दै आएको छ ।
    गत २३ गतेबाट सुरु भएको संसद अधिवेशनको पहिलो दिन नै एमालेले दुवै सदन चल्न नदिएर अवरोध गरेको थियो ।

    एमालेको माग अनुसारको कुनैपनि राजनीतिक घटनाक्रम अगाडि नबढेकाले एमालेले आज पनि दुवै सदन अवरोध गर्ने देखिएको छ । तर सभामुख र सरकार पक्षले भने एमालेको विरोधको कुनै तुक नभएको दावी गर्दै आएका छन् ।

    सभामुख र सत्ता पक्षको वेवास्ताका विचमा संसदमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्न आजै एमाले स्थायी कमिटी बैठक पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने तय भएको छ ।

    बैठकमा एमसीसीका बारेमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् । त्यसैगरी पार्टीको विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने नेताहरुको भनाई छ ।


    शुक्रवार, भाद्र २५ २०७८०८:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij