काठमाडौँ । नेपाली कांग्रेसले भदौ १८ गतेदेखि नै कांग्रेसको १४औ महाधिवेशन सुरु भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन आयोगका सहायक–प्रवक्ता कोमलप्रसाद धमलाले हिजो नेपाली कांग्रेसले आयोगलाई पत्र पठाउँदै महाधिवेशन सुरु भएको जानकारी गराएको बताउनुभयो ।
उहाँले हिजो औपचारिक रुपमा आयोगलाई पत्रमार्फत जानकारी गराएको र पत्रमा क्रमिक रूपमा गर्दै जाने भनिएको बताउनुभयो । कांग्रेसको महाधिवेशन तालिका अनुसार भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको हो । संविधानमा व्यवस्था भएबमोजिम पाँच वर्षभित्र केन्द्रीय महाधिवेशन गराइसक्नु पर्ने थियो ।
विशेष अवस्थाका कारण थप गर्न पाउने ६ महिनाको म्याद पनि बुधबारदेखि सकिएको छ । सोही कारण अधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको आयोगलाई जानकारी गराइएको हो । कांग्रेसले १४औँ महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।