Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

  • बिहिवार, भाद्र २४ २०७८

  • 950
    SHARES

  • महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । आज बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर कांग्रेस प्रवक्ता शर्माले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको हो ।

    हाल केन्द्रीय सदस्य र  पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै १४औं महाधिवेशन युवा आकर्षण हुने देखिएको छ । यसअघि, अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ ।

    अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताइसक्नुभएको छ । सभापति बन्न नेताहरुको दौडधूप चलिरहेका बेला पार्टीभित्र अर्को आकर्षणको पद मानिएको महामन्त्रीमा एकपछि अर्को उम्मेदवारी घोषणा हुन थालेको हो ।

     


    बिहिवार, भाद्र २४ २०७८०४:३०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij