Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आइपुग्यो

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आइपुग्यो

  • बिहिवार, भाद्र २४ २०७८

  • 1.3K
    SHARES

  • एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आइपुग्यो

    काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली चार दिने भ्रमणका लागि नेपाल आइपुगेको छ । उनीहरु कतार एयरवेजको विमानमार्फत बिहान काठमाडौं आइएपुगेका हुन् ।

    चार दिने नेपाल भ्रमणका क्रममा उनीहरुले एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिने जनाइएएको छ ।

    नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सहमति भएको थियो ।

    अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सोसम्बन्धी सहमति भएको थियो । नेपाल भ्रमणको अघिल्लो दिन एमसीसीले नेपालले सोधेको प्रश्नमा जवाफसमेत पठाएको छ । नेपालले एमसीसीबाट प्राप्त रकम विद्युत् प्रसारण लाइन निर्माणलगायतमा लगानी गरेको छ ।

    चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।


    बिहिवार, भाद्र २४ २०७८१०:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij