Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पाल्पाको रामपुर १० मा काँग्रेसका सवै सर्वसम्मत निर्वाचित

पाल्पाको रामपुर १० मा काँग्रेसका सवै सर्वसम्मत निर्वाचित

  • बुधवार, भाद्र २३ २०७८

  • 963
    SHARES

  • पाल्पाको रामपुर १० मा काँग्रेसका सवै सर्वसम्मत निर्वाचित

    पाल्पा, रामपुर । पाल्पाको रामपुर नगरपालिका वडा न १० मा काँग्रेसको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । वडा सभापतिमा बिजय रानालाई नै निरन्तता दिइएको छ भने उपाध्यक्षमा प्रकाशमणी तिमिल्सीन र टेकनाथ चापागाई, सचिवमा भगवन अधिकारी र तुलेखा (सुशिला) भण्डारी, सहसचिव उपेन्द्र अधिकारी र सविता कुमालसहित कार्यसमिति सदस्यहरु पनि निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष भने पछि मनोनित गर्ने व्यवस्था छ ।

    अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा खुल्ला तर्फबाट पार्टीका पूर्व जिल्ला उपसभापति कृष्ण प्रसाद अधिकारी, पाल्पा काठमाडौ सम्पर्क समितिका पूर्व अध्यक्ष गोपाल जोशी, पुर्व गाउँ सभापति टुङ्राज पौडेल, गत निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार एकराज पाठक, रुद्र प्रसाद अधिकारी, बिष्णु प्रसाद भण्डारी र आशिष पान्डेय निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी महिला तर्फबाट दुर्गा भण्डारी, राधा भण्डारी, पार्बति न्यौपाने र यशोदा अधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
    दलित तर्फबाट सोम बहादुर सुनार र जनजाति तर्फबाट इन्द्र कुमारी सिन्जाली, भविश्वर कुमाल र नीर बहादुर राना पनि क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ ।


    बुधवार, भाद्र २३ २०७८०२:०९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij