Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको बैधानिक म्याद आज सकिदै, महधिवेशन सक्नु पर्ने म्यादमा सुरु मात्रै

काँग्रेसको बैधानिक म्याद आज सकिदै, महधिवेशन सक्नु पर्ने म्यादमा सुरु मात्रै

  • बुधवार, भाद्र २३ २०७८

  • 614
    SHARES

  • काँग्रेसको बैधानिक म्याद आज सकिदै, महधिवेशन सक्नु पर्ने म्यादमा सुरु मात्रै

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन गरिसक्नुपर्ने समयसिमा आज सकिदैछ । पार्टीको विधान अनुसार चार बर्ष, विषेश परिस्थीतिभन्दै थप्न सकिने एक बर्ष र संविधानको व्यवस्था अनुसार थप छ महिना समेत गरी कुल पाँच बर्ष छ महिनाको म्याद आज सकिन लागेको हो ।

    संविधानमा हरेक पार्टीले बढीमा पाँच बर्षमा महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने र विषेश परिस्थीतिमा छ महिना थप गर्न सकिने व्यवस्था रहेको छ ।

    काँग्रेसको तेह्रौ महाधिवेशन २०७२ साल फागुन २३ गते सम्पन्न भएको थियो । संविधानले तोकेको पाँच बर्षे कार्यकाल अनुसार काँग्रेसको महाधिवेशन २०७७ साल फागनु २३ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्ने थियो ।

    त्यसपछि संविधान अनुसार ६ महिना थप गरि नै थप्न पाउने छ महिनाको म्याद पनि आज सकिदै छ । महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने समयसिमामा महाधिवेशन सुरु गरेर काँग्रेसले आफ्नो बैधानिकता जोगाउन खोजेको छ ।

    तोकिएको समय भित्र महाधिवेशन सुरु गरे पनि हुने हो की सम्पन्न नै गरिसक्नु पर्ने हो भन्ने विषयमा अहिले फरक फरक मत रहेको छ ।


    बुधवार, भाद्र २३ २०७८०९:१८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij