काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्न लागेको छ ।
संसद भवन नयाँ बानेश्वरमा दिउसो २ बजेपछि बस्नेगरी बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।
माधव नेपाल नेतृत्वको पार्टी अहिलेसम्म सरकारमा सहभागी नभएपछि संसद बैठक पक्षमा भने सत्ता पक्षमा बस्ने भएको छ ।
तर प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको लोकतान्त्रीक समाजवादी पार्टी भने प्रतिपक्षमा बस्नेगरी सिटको व्यवस्थापन गरिएको संसद सचिवालयले जनाएको छ ।