Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक बस्दै, संसद बैठकमा दलको रणनीति तय गरिने

एमाले संसदीय दलको बैठक बस्दै, संसद बैठकमा दलको रणनीति तय गरिने

  • बुधवार, भाद्र २३ २०७८

  • 515
    SHARES

  • एमाले संसदीय दलको बैठक बस्दै, संसद बैठकमा दलको रणनीति तय गरिने

    काठमाडौं । नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए।

    संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो।

    नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ।


    बुधवार, भाद्र २३ २०७८०६:४१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij