Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे बुझेर मात्र बोल्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

एमसीसीबारे बुझेर मात्र बोल्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

  • मंगलवार, भाद्र २२ २०७८

  • 363
    SHARES

  • एमसीसीबारे बुझेर मात्र बोल्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ ।

    कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनु भएको छ ।

    यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

    तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै देउवाले भन्नुभयो, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

     


    मंगलवार, भाद्र २२ २०७८०६:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij