Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

  • मंगलवार, भाद्र २२ २०७८

  • 547
    SHARES

  • सुदूरपश्चिममा एमालेका दुई मन्त्रीद्वारा राजीनामा

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
    विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।
    पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।
    गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

     


    मंगलवार, भाद्र २२ २०७८०५:४४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij