Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा फेरि उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

शेयर बजारमा फेरि उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

  • मंगलवार, भाद्र २२ २०७८

  • 1.7K
    SHARES

  • शेयर बजारमा फेरि उच्च अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

    काठमाडौँ । साताको दोस्रो दिन सोमबार केही बढेको शेयर बजार मंगलबार घटेको छ । मंगलबार शेयर बजार ४४.१८ अंकले घटेर २ हजार ९ सय ३६.६० अंकमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
    आज १.४८ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ९ सय ३६.६० अंकमा ओर्लिएको हो ।
    मंगलबार कारोबार रकममा समेत ठूलो कमी देखिएको छ । यस दिन मात्र ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ । मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।
    आज अन्य र म्युचल फण्ड समुह बढेको छन् अन्य समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह १९.६६ अकं बढेको छ भने सबैभन्दा बढी जीवन बीमा समूह ३०२.८ निर्जीवन बीमा समूह २९०, लघुवित्त समूह १४६ अंकले घटेको नेप्सेले जनाएको छ ।
    बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।


    मंगलवार, भाद्र २२ २०७८०३:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij