काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिनुभएको छ ।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहनुभएका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । काठमाडौंको सीडीओको जिम्मेवारी पाउनुभएका रिजाल बिहीबार हाजिर हुने तयारी छ ।
दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।