Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

  • मंगलवार, भाद्र २२ २०७८

  • 421
    SHARES

  • काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्न लागेको छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भनवमा काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

    भोलीदेखि सुरु हुने संसद अधिवेशनका लागि पार्टीको तर्फबाट गर्नु पर्ने तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

    बैठकमा बजेट, अध्यादेश, सरकारका कामकारबाहीलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नु भएको छ ।

     


    मंगलवार, भाद्र २२ २०७८०८:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij